- संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ कान्छिदोकानमा गएराती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कदै गर्दा झापाको बिर्तामोडका राजु भुजेलको परिवार सवार प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार राती करिब ९ बजे मेची राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी बिर्तामोड–१ का राजुकी १८ वर्षीया छोरी रश्मिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए । ‘परिवार नै पाथिभरा दर्शन गरेर फिर्कदै गर्दा कार दुर्घटनामा परेको हो,’ थापाले संगालोखबरसँग भने, ‘दुर्घटनामा छोरीको मृत्यु भयो, अरु तीन जना घाइते छन् ।’

दुर्घटनामा गम्भीर घाइते भएकी रश्मिलाई उपचारका लागि पाँचथर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याउँनासाथ उनको मृत्यु भएको हो । दुर्घटनामा परी रश्मिका बुवा राजु, आमा लिला र दिदी सिता भुजेल गम्भीर घाइते घाइते भएका छन् । पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लाग झापा पठाइएको छ ।

कारमा पाँच जना सवार थिए । राजुका छोरा भने सकुशल छन् । कार सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!