- संगालोखबर सम्वाददाता

इलाम । इलाम कारागारबाट एक थुनुवा भागेका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई कारागारबाटै फरार भएका हुन् ।

बिहीबार साँझ कारागारभित्र कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताए ।

‘हरेक दिन कैदीबन्दीको गन्ती गरिन्छ, हिजो गन्ती गर्दा नभेटिएपछि कारागारबाट भागेको थाहा भयो,’ एसपी घिमिरेले संगालोखबरसँग भने, ‘सिसिटिभीमा हेर्दा बाहिर गएको देखिएको छ, कसरी यस्तो भयो हामीले छानविन गर्दैछौ ।’

कारागारबाट फरार भएका राई

राई डाका मुद्दामा २०७९ असोज ९ गते पक्राउ परेका थिए । उनलाई ०७९ कात्तिक १५ गते कारागार चलान गरिएको थियो । इलाम कारागारमा यसअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।

अहिले कारागारबाटै थुनुवा भागेपछि त्यहाँको व्यवस्थापन र सुरक्षा व्यवस्था माथि नै प्रश्न उठेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!