- संगालोखबर सम्वाददाता

काठमाडौँ । नवनियुक्त १२ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामा सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पहिलो चरणमा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन् ।

माओवादीका शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट वेदुराम भुसाललाई कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको छ ।

जसपाका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन् । लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!