- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका ७५ जना बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । चौबिसे गाउँपालिकाले ९ दिन शिविर सञ्चालन गरेर पालिका क्षेत्रका आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गराएको हो ।

Advertisement

डा.रामप्रसाद पोखरेल आँखा अस्पताल, नेत्र ज्वती संघ र सेभा फाउण्डेसनसँग सहकार्य गरेर गाउँपालिकाले बिभिन्न वडामा चैत १० देखि १९ गतेसम्म आँखा शिविर सञ्चालन गरेको थियो । वडा–वडामा शिविर सञ्चालन गरेर मोतीयाबिन्दु, आँखामा मासु पलाएको लगायत समस्याका बिरामीहरू संकलन गरी उनीहरूको निःशुल्क आँखाको अप्रेसन गराइएको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिए । उनका अनुसार अप्रेसन गर्न गाउँगाउँबाट आएका बिरामीहरूलाई पालिकाले नै खानेबस्ने बन्दोबस्तीसहित निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाएको हो ।

किर्तिपुर आँखा अस्पताल काठमाडौंका डाक्टर एरिक बैद्यसहित सात जना नेत्र चिकित्सकको टोलीले बिरामीको आँखाको अप्रेसन गरेको छ । शिविरबाट अप्रेशनका लागि १ सय ७२ बिरामी छनौट भएका थिए । तर, अनियन्त्रित रक्तचापका कारण कतिपय बिरामीको अप्रेसन हुन सकेन । प्रतिकुल मौसम र आँखाको अप्रेसन प्रतिको नकारात्मक हल्लाका कारण पनि कतिपय बिरामी अप्रेशनका लागि नआएको बताइएको छ ।

आँखाको अप्रेशनका लागि ७२ वर्षीय बुवा र ६८ वर्षीया फुपु लिएर आएका चौविसे–३ का नेत्र बरालले गाउँमै निःशुल्क अप्रेसन हुँदा निकै सजिलो भएको प्रतिक्रिया दिए । गाउँमै आँखाको निःशुल्क अप्रेसन गर्न पाएपछि बिरामीहरू हर्षित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!