- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको राजारानीमा चैत २८ गतेबाट चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । चौबिसे गाउँपालिकाले शनिवार कार्यक्रम गरेर पुरुष तथा महिला फुटबल प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

Advertisement

बैशाख १ गतेसम्म सञ्चालन हुने चौथो संस्करणको प्रतियोगितामा आठ वडाका महिला र पुरुषका १६ टिम सहभागि हुने चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए । कार्यक्रममा गत बर्षको उपाधि बिजेता चौविसे वडा नं.६ ले खेलकुद विकास समितिलाई रनिङ शिल्ड हस्तान्तरण गरेको छ ।

सो टिमले लगातार दुई पटक पुरुष फुटबलको उपाधि जितेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष चेम्जोङले वडाका खेलाडीहरूलाई सम्बन्धित वडा अध्यक्षहरू मार्फत फुटबल हस्तान्तरण गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले ६० हजार र उपविजेताले ३० हजार पाउनेछन् । त्यस्तै, महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने खेलकुद विकास समिति अध्यक्ष धनबहादुर लिम्बूले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!