- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । देशभरका ४ लाख ८४ हजार २ सय २७ विद्यार्थीले परीक्षा दिदैछन् ।

परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

Advertisement

चैत २९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!