संगालोखबर सम्वाददाता
डढेलो लागेपछि धुवाँले ढाकिएको छुम्लिङ गाउँ । तस्वीर : भुवन ढकाल

धनकुटा । जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा धनकुटाको महालक्ष्मी नगरपालिका–६ छुम्लिङमा आज दुई वटा घर जलेर नष्ट भएका छन् । स्थानीय हर्षिदी जङ्गलमा लागेको डढेलो फैलँदै गएर छुम्लिङ गाउँमा पसेको हो । आगो अझै नियन्त्रण हुन सकेको छैन ।

आगोले छुम्लिङका हिरा कार्कीको घर र गोठ तथा कमल सुवेदीको घर जलेर नष्ट भएको स्थानीय भुवन ढकालले जानकारी दिए । उनका अनुसार डढेलो बस्तीतर्फ फैलँदै गएको छ । ठूलो क्षेत्रमा आगो फैलिएकाले नियन्त्रणमा समस्या भएको छ ।

Advertisement

यसैबीच, आगो नियन्त्रणका लागि धनकुटाबाट दमकल पठाइएको छ । तर, गाउँबस्तीमा सबैतिर सडक नहुँनाले दमकल पुग्न सक्दैन । सो डढेलो नियन्त्रण नभएमा जितपुर बजार क्षेत्र पनि जोखिममा छ ।

गाउँमा दमकल नपुगे पनि बजार क्षेत्रलाई जोगाउँन दमकल पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!