विराटनगरमा वैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री गर्न नपाइने
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र बैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री वितरण गर्न नपाइने भएको छ । महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछामासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको हो ।
पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल...































