- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि मुख्य बजार क्षेत्रमा रहेको प्रेसमा विहान करिब ६ः३० बजेबाट आगलागी सुरु भएको थियो ।

धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका छन् । बिहान प्रेसमा मान्छे कोही नभएका बेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जय सन्तोषी राईले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । प्रेसको भवनसँग अन्य घरहरू पनि सँगै जोडिएका छन् । छिटै आगो नियन्त्रण भएकाले अन्य घरमा आगो फैलिनबाट जोगिएको छ । उज्यालो भइसकेपछि आगो लागेकाले छिटै नियन्त्रण गर्न सफल भएर आसपासमा आगो फैलनबाट जोगिएको स्थानीयवासी बताउँछन् ।

आगो नियन्त्रण भएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । आगोले प्रेसको मेसिनसहित अधिकांश सामान जलेका छन् । सोही प्रेसबाट जनविश्वास साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको थियो । त्यस्तै, छापाखाना सम्बन्धी अन्य काम पनि हुने गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!