संगालोखबर सम्वाददाता

विराटनगर  । मोरङको रंगेलीबाट प्रहरीले २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नं.–२ चेका खोलास्थित गहुँबारी र रंगेली नगरपालिका वडा नं.–३ रन्जनीबाट गाँजा बरामद भएको हो ।

Advertisement

भारतको अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ बर्षीय दिपक झा र अररिया हाँसा पञ्चायतका  ३० बर्षीय सिन्टुक कुमार सिँहले लैजादै गरेको करिब १५० किलो गाँजा चेका खोलास्थित गहुँबारीबाट बरामद भएको छ । गाँजा ओसार्ने झा र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा रंगेली नगरपालिका वडा नं.–३ रन्जनीका बिरबहादुर कार्कीको घरमा गाँजा लुकाएर राखेको थाहा भएपछि घर खानतलासी गर्दा थप ८४ किलो गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डिएसपी रंजनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गाँजा ओसारपसारमा संलग्न ४६ वर्षीय बिरबहादुर कार्की, भारत कुटहराका २४ वर्षीय प्रबिण पासवान र भारत कटापुरका २४ वर्षीय बिष्णु कान्त मिश्रलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका पाँचै जनालाई मोरङ जिल्ला अदालतमा लागूऔषध कसूरमा मुद्दा दायर गरी सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!