- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या १२३ पुगेको छ । आज १७ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो केही समय यता नेपालमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले सतर्क रहन सबैमा आग्रह समेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!