- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत निर्माण गरिएको हो ।

Advertisement

कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन खड्का र सह–कोषाध्यक्षमा तुलसी गोयल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तेजु श्रेष्ठ, अजय धाडेवा, इशा पौडेल, मनिषा माझी, रिता साह, सन्ध्या थापा लामिछाने, लक्ष्मी पोखरेल, अर्चना थापा मगर, नितेश सारडा, चन्दनकुमारी दास, शम्भु अटल, मनोज शर्मा, भागवत नेपाल र रमेशकुमार साह चयन भएको महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरूलाई महासङ्घका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज चेतन निरौलाले सपथग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईले नेपाल उद्योग व्यवसायी महासङ्घले आम उद्योगी व्यवसायीहरूको हक अधिकारका लागि लड्दै आएको स्मरण गर्दै हकहितका लागि सबै उद्योगी व्यवसायी सङ्गठित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज निरौला, विराटनगर महानगर कमिटीका निवर्तमान अध्यक्ष अधिकारी, जिल्ला कमिटी उपसचिव खेमराज नेपाल लगायतले नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामनासहित सङ्गठनलाई शसक्त ढंगले अगाडि बढाउन सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!