- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेटारस्थित धर्मदेवी सालबोटे सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा चार घर जलेका छन् ।

आगोले सान्नेटारका राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । कटेलको ३ तले घरसहित घरभित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायत सबै सामान जलेका छन् । आगलागीबाट करिब १६ लाख बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रायको दुई तले घर जलेको हो । घरसहित सबै सामान जल्दा करिब ८ लाख क्षति भएको अनुमान गरिएको छ । कमलको दुई तले घरसहित गोठ र सुमनको दुई तले घर जलेको छ । कमल र सुमनको घरमा भने मान्छे बस्न छोडेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!