सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले धनकुटा नगरपालिकालाई वित्तिय शिक्षा एवं व्यावसायिक ज्ञान स्वामित्व हस्तान्तरण गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा समृद्धिका योजना अनुगमन प्रमुख सिता भट्टराईले नगर प्रमुख चिन्तन तामाङलाई स्वामित्व हस्तान्तरण गरेकी हुन् ।

Advertisement

सो अवसरमा नगरप्रमुख तामाङले यो कार्यक्रम अझ प्रभावकारी बनाएर लैजाने बताए । समृद्धि आयोजनाले नगर क्षेत्रमा वित्तिय शिक्षा र व्यवसायिक ज्ञान तालिम सञ्चालन गरेको थियो । सहकारी तथा समुहका प्रतिनिधिलाई आवश्यक व्यवस्थापन, उद्यमशीलता सम्बन्धी तालिम दिइएको हो ।

त्यसबाट उत्पादित जनशक्ति नगरपालिकालाई हस्तान्तरण गरिएको समृद्धिले जनाएको छ । सन् २०१७ देखि सुरु भएको समृद्धि आयोजनाले धनकुटामा हरियो तरकारी, दुग्ध र बाख्रापालनका क्षेत्रमा काम गर्दै आएको छ ।

आयोजनाले कोशी, मधेश र बागमती प्रदेशका १६ जिल्लामा कृषि तथा गैरकृषि क्षेत्रमा काम गरिरहेको आयोजनाकी सर्मिला गौतमले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!