- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । कालीदह जङ्गलमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर स्थानीय ललित गुरुङको मृत्यु भएको हो ।

सोमबार राति करिब १० बजे ५८ वर्षीय ललित र ५२ वर्षीय वीरबहादुर गुरुङ शिकार खेल्न कालीदह जङ्गल गएका थिए । सोही क्रममा वीरबहादुरले चलाएको भरुवा बन्दुकको छर्राले लागेर ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

घटनापछि वीरबहादुरलाई इलाका प्रहरी कार्यालय दोभानले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!