- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १६ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।

Advertisement

झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले भोजपुरलाई पराजित गरेको हो । उपाधिसँगै झापाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता भोजपुरले नगद ५० हजारमा चित्त बुझाएको छ ।

त्यस्तै सुनसरीलाई तिन दुइको सेटले पराजित गर्दै संखुवासभा तृतीय बनेको छ । उसले २५ हजार नगद पुरस्कार पाएको छ । रामनवमीको अवसर पारेर हिले भलिबल क्लबले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेशका ८ जिल्लाका टिमबीच खेला भएको आयोजक क्लवका अध्यक्ष संजिब तामाङले जानकारी दिए ।

रामनवमीको अवसरमा हरेक वर्ष हिलेमा भलिबल प्रतियोगिता गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!