- संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार १ सय ६ किलो गाँजा जलाएर नष्ट गरेको छ । जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमै गाँजा जलाएर नष्ट गरिएको हो ।

Advertisement

साँगुरीगढी गाउँपालिका–८, स्थित भेडेटार आहाले सडक खण्डमा को १ ज १८११ नम्बरको पिकअपमा सो गाँजा बरामद भएको थियो । फरार रहेका पिकअप चालक साँगुरीगढी–८ का २८ वर्षीय पविन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सहिदभूमि गाउँपालिकाबाट बरामद भएको चार सय किलो गाँजा पनि प्रहरीले यसअघि जलाएर नष्ट गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!