- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ च्याक्चेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विजुलीको तारबाट करेन्ट लाग्दा स्थानीय ४२ वर्षीय यामबहादुर लिम्बुको मृत्यु भएको हो ।

लसुने बजारमा दुर्गा तामाङको घर निर्माणको क्रममा आइतबार अपरान्ह उनलाई करेन्ट लागेको हो । घर नजिकै रहेको बिजुलीको पोलमा झम्पल ठोक्किँदा लिम्बुलाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!