- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ का ७८ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । वडाको कृषि क्षेत्रमा विनियोजित बजेट कार्यक्रम अन्तर्गत पाङसिङ्ग, खाल्डे, सृर्जनसिल टोल, गोठगाउँ लगायत क्षेत्रका कृषकलाई सामग्री प्रदान गरिएको हो ।

Advertisement

कृषि कार्यमा सहजता प्रदान गर्न हजारी, स्प्रे ट्याङ्की, कीरा नियन्त्रक पासो, बिउ बिजन, मल लगायत वितरण गरिएको वडाध्यक्ष मिलन खड्गीले जानकारी दिए । उनका अनुसार कृषकहरूलाई क्षमता विकास तालिमहरू पनि सञ्चालन गर्ने योजना छ ।

कृषि सामग्रीको उपयोग गरेर राम्रो उत्पादन गर्न सके वडाले कृषि क्षेत्रमा अझ लगानी गर्ने र नगरपालिका मार्फत पनि थप योजना र कार्यक्रम ल्याउन पहल गर्ने वडाध्यक्ष खड्गीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!