- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो ।

Advertisement

महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५/३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएको छ ।

एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, नगर कमिटी अध्यक्ष किरण गिरी लगायत नेताहरूले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका छन् । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

समाजमा योगदान गर्ने महालक्ष्मी नगर क्षेत्रका करिब ३ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिने एमाले नेता एवं महालक्ष्मी नगरपालिकाका पूर्व नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

‘ज्येष्ठ नागरिकहरूले समाजमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिरहेका छौं,’ नेता नेपालले भने, ‘हरेक वडाका करिब ३५ जनाका दरले नगर भरका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गछौं ।’

एमालेले फागुन ५ गतेबाट देशभर सुरु गरेको मिसन ग्रासरुट अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुदैछ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि टोल, वडा र पालिका केन्द्रित अभियान सञ्चालन भइरहेको एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!