तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ
विराटनगर । तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईँलाई कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । आठराई गाउँपालिका-५ छातेढुंगा अर्चले चिसापानीमा बिहीबार चार जनाको समूहले उनलाई कुटपिट गरेको आरोप छ ।
कुटपिटबाट घाइते भएका प्रसाईँको विर्ता सिटी अस्पताल झापामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी...































