संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा नयाँ वर्षको दिन दुई जनामाथि छुरा प्रहार भएको छ । धनकुटा नगरपालिका-५ बिहिबारे हटिया नजिकै सोही स्थानका १७ वर्षीय कुशल राई र १७ वर्षीय आयुष राईमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट कुशलको टाउको र ढाडमा तथा आयुषको गर्धन र बायाँ पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

Advertisement

छुरा प्रहारमा संलग्न धनकुटा-६ नाशाल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा-७ का १८ वर्षीय लाजीहाङ लिम्बु पक्राउ परेका छन् । डीएसपी खनालको कमान्डमा खटिएको प्रहरी टोलीले खड्गीलाई नाशाल चोक र लिम्बुलाई शिव मन्दिरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!