संगालोखबर


विराटनगर । तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति मोरङले महिलाहरूलाई सम्मान गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने तेली समुदायका महिलाहरूलाई समाजले सम्मान गरेको हो ।

तेली कल्याण समाज मोरङका अध्यक्ष डा. बालकृष्ण साहले सामाजिक, शैक्षिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयोग पुर्याउने समाजका २१ जना महिलालाई सम्मान गरिएको जानकारी दिए ।

Advertisement

यस्तै २२ जना महिलाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको उनले बताए । उनीहरूलाई आफ्नो क्षेत्रमा थप काम गर्न हौसला प्रदान गर्न प्रशंसा पत्र प्रदान गरिएको उनको भनाइ थियो ।

उनीहरूलाई कार्यक्रमकी प्रमुख अतिथि रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह लगायतले सम्मान तथा प्रशंसा पत्र प्रदान गरेका थिए । सोही अवसरमा समाजले नयाँ वर्ष २०८२ को क्यालेन्डर समेत सार्वजनिक गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!