
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा मेसिन चलाउने क्रममा करेन्ट लाग्दा २० वर्षीय युवकको मृत्यु भएको छ ।
संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा आज बिहान मेसिन चलाउने क्रममा करेन्ट लाग्दा उदयपुरको चौदण्डीगढी गाउँपालिका घर भएका शिवम विकको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका विकलाई तत्काल उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिक निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















