संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । भोजपुर नगरपालिका-३ सेतीबगरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय नीरप्रसाद फुयाँल र सोही स्थानका ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

श्निबार राति करिब १०ः३० बजे गोबर मल लोड गरेर बोखिमबाट छिनामखुतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्याक्टर घुमाउरो बाटोमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

ट्याक्टरका चालक सुनसरीको धरान उपमहानगरपालिका-५ का ३२ वर्षीय विशाल बोहोरा र सहचालक संखुवासभाको सभापोखरी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!