संगालोखबर


विराटनगर । इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदम कुमार तामाङ इलाम नगरपालिका-७ बाट पक्राउ परेका हुन् ।

नेपाली सेनाको सह-सेनानी दर्ज्यानी भएको नक्कली पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर बिवाह गर्ने प्रलोभन तथा डर त्रासमा पारेर २५ वर्षीया युवतीलाई करणी गरेको आरोप उनीमाथि छ ।

Advertisement

इलाम प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार चैत १८ गते तामाङले जबरजस्ती करणी गरेको भनेर जाहेरी परेको थियो । सोही आधारमा उनको खोजतलास भइरहेको थियो । उनलाई आइतबार पक्राउ गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता राईले जानकारी दिए ।

उनले विगतमा पनि विभिन्न कसुरहरू गरेको अभिलेखबाट देखिएको प्रवक्ता राईको भनाइ छ ।

उनका अनुसार २०७२ साल असार ९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा सार्वजनिक अपराध मुद्दा, २०७५ साल असार २ गते जिल्ला प्रहरी कार्यालय इलाममा चोरी मुद्दा र २०७७ साल फागुन १२ गते इलाका प्रहरी कार्यालय अनारमनी झापामा चोरी मुद्धा दर्ता भएको थियो ।

यस्तै २०७८ साल असोज ४ गते इलाका प्रहरी कार्यालय धुलाबारी झापामा अभद्र व्यवहार मुद्दा र २०७९ साल जेठ २३ गते चोरी मुद्दा दर्ता भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!