विराटनगर । भोजपुरको अरुण गाउँपालिका-६ भण्डारी गाउँमा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
आज बिहान ९ः३० बजेतिर याकुबाट जरायोटार तर्फ जाँदै गरेको प्र १-०२-०५० प ३१४० नम्बर र विपरित दिशाबाट आउँदै गरेको प्र १-०२-०४७ प ७६१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा अरुण गाउँपालिका-५ याकुका २३ वर्षीय विवेक ढकाल र अरुण-७ का २२ वर्षीय कमल थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
दुबै जना घाइतेको टाउकोमा चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको र उपचारका लागि विराट टिचिङ हस्पिटल विराटनगर पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।