
विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।
पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदन कुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।