संगालोखबर

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का चयन भएकी छन् । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

Advertisement

प्रदेश कमिटीको सचिवमा खोटाङका जलेश्‍वर राई चयन भए भने उपसचिवमा भवानी शङ्कर चयन भएका छन् ।

प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीको पहिलो बैठकले रिक्त पद मनोनयन गर्ने जनाइएको छ । प्रदेश कमिटी १ सय ९१ सदस्यीय हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!