संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । चैत २५ गते दिउँसो १२ः३० बजे मृत फेला परेकी उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी प्रहरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीय चुनकुमारी बुढाथोकी हुन् । यद्यपी नागरिकताबाट नाम पहिचान गर्न बाँकी रहेको उनको भनाइ छ ।

Advertisement

‘९० प्रतिशत सनाखत भइसकेको छ । अन्य आफन्तहरूले पहिचान गरिसकेका छन्’, एसपी तिम्सिनाले संगालोखबरसँग भने, ‘उनको १४ वर्षीय छोरा रहेछन् । अब धनकुटाबाट आएर छोराले सनाखत गर्न बाँकी छ ।’

उनका श्रीमान वैदेशिक रोजगारीमा गएको खुलेको उनले बताए । उनका अनुसार उनी इटहरीमा डेरा गरेर बस्दै आएकी थिइन् । शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको एसपी तिम्सिनाले जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र थप कुरा खुल्न बाँकी रहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!