विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोसी नदीबाट बेवारिसे अवस्थामा रहेको गाँजा बरामद भएको छ । आज बिहानको राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक सय ८० किलो गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युवमाथि नदीमा तैरि रहेको अवस्थामा गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार ६ वटा प्लाष्टिकको बोरामा गाँजा राखिएको थियो । बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गाँजा ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।