
विराटनगर । सुनसरीको देवानगञ्जमा सोमबार साँझ भएको गोली काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । देवानगञ्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव पक्राउ परेका हुन् ।
उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोली काण्डमा संलग्न ५ जनामध्ये अझै तीन जना फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनका अनुसार आर्थिक लेनदेनमा विवाद भएपछि गोली चलाएको पाइएको छ । यद्यपि थप अनुसन्धान भइरहेकाले अन्य कुरा विस्तारै खुल्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
गोली चलाउने र घाइते हुने साथीहरू नै रहेको खुलेको छ । तीन राउन्ड गोली चल्दा देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव घाइते भएका थिए । घाइतेमध्ये शिवकुमारको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।