
विराटनगर । झापाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलवर खान रहेका छन् ।
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साइकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।