
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-२ डाँडाखर्कमा लेक लागेर डाक्टरको मृत्यु भएको छ ।
तनहुँ भिमाद नगरपालिका-२ घर भएका २७ वर्षीय डा. आशिष सिग्देलको शनिबार बिहान लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम जाने क्रममा ४२ सय मिटरमा उनलाई लेक लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।