विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ सोमबारेमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको हो ।
प्रहरीका अनुसार खवास बाटो क्रस गर्दै थिए । सोही क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-७ का ४५ वर्षीय शशी गच्छदार र पछाडि सवार उनकी पत्नी ३५ वर्षीय मनिका गच्छदार सामान्य घाइते भएका छन् ।
तीब्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।