संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १०ः५० बजे मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-७ जिरोमा को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक इलामकै अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको शव अस्पतालमै रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!