
विराटनगर । इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-६ का रोम पाठकका दुई वर्षीय छोरा ओस्कारको मृत्यु भएको हो ।
माई नगरपालिका-४ सुखानी स्थित बिर्तामोड-दानाबारी भित्री सडक खण्डमा मे ९ प ४५९६ नम्बरको मोटरसाइकल ओस्कारलाई सोमबार अपराह्न ४ः१० बजेतिर ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ओस्कारको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय नकुल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालकले अचानक बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।