संगालोखबर
फाइल तस्बिर

विराटनगर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख बढी तीर्थयात्री पुगेका छन् । २०८१ सालमा दुई लाख २१ हजार छ सय दुई जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पाथीभरा पुगेका थिए । साउनमा एक हजार नौ सय ५५ र कात्तिकमा ६१ हजार एक सय ७३ जना तीर्थयात्री पाथीभरा पुगेका थिए ।

Advertisement

बैशाखमा ५१ हजार आठ सय चार जना तीर्थयात्री पुग्दा चैतमा ४० हजार चार सय ३५ जना पुगेका समितिले जनाएको छ । यस्तै २०८१ सालमा तीन करोड पाँच लाख ५६ हजार १२ रुपैयाँ भेटी सङ्कलन भएको छ ।

समितिका अनुसार सबैभन्दा बढी बैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ सङ्कलन भएको थियो । असोज महिनामा सबैभन्दा कम चार लाख ११ हजार एक सय ५१ रुपैयाँ सङ्कलन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!