विराटनगर । ट्रक व्यवसायी सङ्घ विराटनगरको अध्यक्षमा सञ्जीव सिग्देल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा १ सय २५ मत प्राप्त गर्दै सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा अशोक पोद्धार, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा दिलिपकुमार धाडेबा, युवराज श्रेष्ठ, वीरबहादुर गिरी, दिनेश सिग्देल, ध्रुवप्रसाद काफ्ले, तुलसी पोखरेल र मेखबहादुर अधिकारी निर्वाचित भए ।
यसअघि फागुन २६ गते सङ्घको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभाको उद्घाटन भएको थियो । तर साधारणसभामा गणपूरक सदस्य सङ्ख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन ।