कोशीका मुख्यमन्त्री कार्कीले सार्वजनिक गरे सय दिने कार्यप्रगति
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको सय दिने कार्य प्रगति प्रस्तुत गरेका छन् । आज मुख्यमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सय दिनमा महत्वपूर्ण काम भएको दाबी गरे ।
उनले ६० बुँदामा आफूले गरेका महत्वपूर्ण कामलाई समेटेको उल्लेख गरे । नीति, कानुन तथा शासकीय सुधार, पर्यटन प्रवर्द्धन र पर्यावरण, सामाजिक विकास, स्वास्थ्य सेवा, शान्ति सुरक्षा, विपद् व्यवस्थाप...






























