
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार नौ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय १० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार आठ सय पाँच रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार सात ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















