खैरो हेरोइनसहित झापामा दुईजना भारतीय पक्राउ
झापा । भारतबाट नेपालतर्फ लागुऔषध भित्र्याउन सक्रिय दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सालमारा भन्ने ठाउँमा बिहिवार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साइकलमा आइरहेका भारतको किसनगन्जका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शंकास्पद अवस्थामा आइरहेको पाइएपछि प्रहरीले उनीहरुको जाँच गरेको थियो । त्यस क्रममा उनीहरुको...





























