संगालोखबर

विराटनगर । सुनसरीको इटहरी-५ बालग्रामबाट १४ वर्षीय बालक बिपन खड्का बेपत्ता भएका छन् । इटहरीको बुल्म नेपाल बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत बालक चैत २२ गते घरबाट बेपत्ता भएका हुन् ।

Advertisement

बालककी आमा शर्मिला खड्काका अनुसार उक्त दिन बिपनको कक्षा ७ को अन्तिम परीक्षा थियो । ‘छोरालाई खाना खुवाएर म पनि काममा निक्लिए । उ पनि परीक्षा दिन जान तयारी गर्दै थियो’, उनले भनिन्, ‘काममा नै थिए । साढे ११ बजेतिर स्कुलबाट छोरो परीक्षा दिन नआएको भन्दै फोन आयो । घर आएर हेर्दा छोरो छैन ।’

पर्सि कार्यक्रम छ लुगा किनिदिनु है भनेको छोरो एकाएक हराएपछि आफू पीडामा परेको उनले सुनाइन् । एक/दुई दिन त साथीकोमा गयो होला भनेर खोजी गरेको तर कतै फेला नपरेको उनको भनाइ छ ।

त्यसपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिएको उनले सुनाइन् । यत्तिका दिनसम्म पनि छोरो सम्पर्कमा नआउँदा छटपटीमा बाँचिरहेको बताउँदै उनले खोजीको लागि अपिल समेत गरेकी छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बालकको खोजी कार्य भइरहेको जानकारी दिए । ‘२५ गते बालक हराएको भनेर निवेदन आएको थियो’, उनले संगालोखबरसँग भने, ‘त्यो भन्दा १५ दिन अगाडि पनि हराएर फेला पारेर जिम्मा लगाएका थियौँ । अहिले परिवारसँगको समन्वयमा खोजी गरिरहेका छौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!