पहिरोसहित दुईवटा बस त्रिशूलीमा खसे, ६५ यात्रु रहेको अनुमान
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा खसेका छन् । ती बसमा चालकसहित ६५ जना रहेको अनुमान गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल नामको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।
गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जा...



























