संगालोखबर

सुनसरी । इलाका प्रहरी कार्यालय धरानले चोरीको दुईवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुरका २३ वर्षीय दिपककुमार यादव, राजबिराजका २० वर्षीय मो. सर्फराज इराकी, राजविराज–२ का २४ वर्षीय मो. रहमान छन् ।

Advertisement

यसैगरी, राजविराज नगरपालिका–२ का अरविन यादव, सिरहा जिल्ला घर भई हाल विराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह पनि पक्राउ परेका छन् ।

गत भदौ ३ गते धरान उपमहानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाइकल चोरी भएको जानकारी पाएपछि प्रहरीले त्यसबारे खोजी गरेको थियो । खोजीका क्रममा चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नम्बरको केटिएम ड्युक मोटरसाइकल र बा १४ च ८०२६ नम्बरको रोयल इनफिल्ड मोटरसाइकल फेला पारिएको थियो ।

ती मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!