संगालोखबर

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु भएको छ । उक्त नगरपालिकाको वडा ३ मा पर्ने च्यास्मिटारस्थित बाङमाका गइन्द्र राईका ६ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको हिजो साँझ सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार घरदेखि केही पर भुतियाखोला नजिकै बनाइएको सिँचाइ पोखरीमा डुबिरहेको अवस्थामा उनीहरूलाई स्थानीय बासिन्दाले देखेर खबर गरेका थिए । तत्काल उद्धार गरी बाहिर निकालेको केही बेरमै उनीहरूको मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!