संगालोखबर

खोटाङ । पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नागी नजिक जंगलमा तुवाचुङडाँडाबाट झरेको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

Advertisement

पहिरोले यातायात अवरुद्ध भएको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरीले बताए । तीनवटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

उक्त ठाउँमा करिब ५० मिटर सडकमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि एक सयभन्दा बढी सवारी साधन रोकिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!