संखुवासभा । मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यस्थलमा ढुङ्गा खसेर एकजना मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ४९ वर्षीय तुलसीराम थारू काम गर्ने क्रममा हिजो साँझ माथिबाट झरेको ढुङ्गाले लागेर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।