संगालोखबर

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले हरितालिका तिजको उपलक्ष्यमा भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ ।

Advertisement

कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकासँग सहकार्यमा कार्यक्रम आयोजना गरिने भएको हो । उत्सवका अवसरमा महिलाद्वारा उत्पादित घरायसी वस्तु राखिने भएको छ । ती वस्तुको बजार प्रवर्द्धनमा सघाउने समितिले जनाएको छ ।

उत्सवमा स्थानीय औद्योगिक, व्यावसायिक उत्पादनहरु समेत प्रदर्शन गरिने भएको छ । यसैगरी, निर्यातयोग्य वस्तुहरुको पहिचान गरी अवसर सिर्जना गर्न मद्दत पुर्याउने, उत्पादनकर्ता र उपभोक्ताबीच सम्बन्ध विस्तार गर्नेलगायत गतिविधि गरिने जनाइएको छ ।

विहान १० बजेदेखि बेलुकी ८ बजेसम्म विराटनगरको सिटी पार्टी प्यालेस एण्ड रिजर्टमा आयोजना गरिने उत्सवमा दर्शकहरुलाई निःशुल्क प्रवेशको सुविधा दिइने भएको छ । उत्पादित सामान प्रदर्शनका लागि ६० वटा स्टलहरु राखिने आयोजकले जनाएको छ । यसैगरी, १८ वर्ष माथिका महिलाहरुका लागि ‘तिज क्वीन २०८१’ प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

हरेक दिन साँझ स्थानीय कलाकारहरुबाट सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!