सिक्कल प्रहार गरी आमाको हत्या गर्ने भोजपुरका एकजना पक्राउ
भोजपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले टाउकामा प्रहार गरी आमाको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अरुण गाउँपालिका–४ ल्याङडाँडा, चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरिएको हो । उनले आइतबार राति आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहर...
































